Thursday, April 5, 2018

साउदीमा मृत्यूदण्ड सुनाइएका उमेशको फैसलाको मात्र 3 दिन बाँकी  !!


जनकपुरधाम, 23 चैत्त । साउदी अरेबीयामा घाँटी काटेर २४ घण्टा झुण्डाउने सजाय सुनाइएका धनुषाका उमेश यादवको फैसला आँउदो  सोमबार हुने भएको छ । विगत १२ बर्षदेखि सउदीको जेलमा कैदी जीवन बिताईरहेका धनुषा कमला नगरपालिका वडा नं. ३ का ३७ बर्षिय उमेश यादवको मृत्यूदण्डको सजाय कार्यन्वयन हुने नहुने भनेर अबको ४ दिनपछि अहम फैसला हुने बताइएको छ ।

सन् २००६ सालमै एक पाकिस्तानी नागरिकसँगको भनाभनकै क्रममा हुन पुगेको दुर्घटनामा दोषी करार दिँदै घाँटी काटेर २४ घण्टा चौराहामा झुण्डयाउने सउदी अदालतले आदेश दिएको छ ।

हालाकी,  दुर्घटनामा ज्यान गएका पाकिस्तानी नागरिक मो. लतिपको परिवारले उमेशलाई आममाफीको लागि राजी भएको भन्दै सउदी सरकारले मृत्यूदण्डको सजाय तत्कालै स्थगित गरेको हो ।

दुर्घटनामा मृत्यू भएका मो. लतिपको श्रीमतिले सुरुमा उमेशसँग ७० लाख रुपैयाँ ब्लडमनी माग गरेको भएपनि केहीदिनपछि उनले अर्को विवाह गरेको तथा मृतक लतिपको आमाबुवाले उमेशको आममाफीको लागि भनिसकेको बुझिएको छ ।

 लतिपकी श्रीमति र बुवाआमाबीच ब्लडमनीकै लागि तनावभएपछि ब्लडमनी चाहिएको वा नचाहिएको भनेर प्रष्ट समेत हुन नसकेपछि सरोकारबालाहरुसमेत अलमलमा परेका छन् ।
मृतक लतिपको परिवारलाई ब्लडमनी नै चाहियो भने नेपाल र विदेशमा रहेका नेपालीहरुले जतिसुकै बेला पनि ब्लड मनी जुटाउन सकिने आश्वासन दिएका छन् । तर, ब्लड मनि आवश्कता प्रष्ट भईनसकेको कारण उमेशको मुद्दा विगत १२ वर्षदेखि मन्द गतिमै चलिरहेको छ ।

उमेशको मुद्दाप्रति चासो लिँदै विभिन्न सँघसँस्थाहरुले उक्त सजाय कार्यन्वयन हुनबाट रोक्न विभिन्न प्रयास थालिसकेका छन् भने पाकिस्तानी एम्बेसी समेत उमेशको मुद्दाप्रति साकारात्मक चासो देखाएकोले उमेशको सजाय आम माफीमा परिणत हुने शुभ सँकेत देखिएको छ ।

आउँदो चैत्त  २६ गते अर्थात ईति सम्वत् ९ अप्रिल २०१८ को अहम फैसला हुने जनाइएको छ ।  उमेशको फैसलाको लागि देशवासी प्रतिक्षामा छन् ।

share गर्दिनुहोला !!

No comments:

Post a Comment

काठमान्डौको एअरपोर्टमा पुनः plane दुर्घटनामा

 मलिन्डो एयरको जहाज दुर्घटना भएपछि  त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र अवतरण शुक्रबार दिउँसो १२ बजेम्मका लागि ब...