मधेस आन्दोलनमा आधारित बहुप्रतिक्षित भोजपुरी, मैथिली र नेपाली भाषाको फिल्म मधेसी पुत्र २ आउँदो चैत्त ९ गते शुक्रवारदेखि विभिन्न सिनेमा हलहरुमा एकसाथ प्रदर्शन हुन लागेको छ । डा. सिके राउतको अभियन रहेको उक्त फिल्ममा सेन्सर बोर्डले कैँची चलाएपछि झन कन्ट्रोभर्सी भएको यो फिल्मको लागि मधेसी मूलका जनताहरु बेसब्रीले प्रतिक्षा गरिरहेको छ ।
जनकपुर लगायत देशैभरिको ३५ बढी सिनेमा घरहरुमा एक साथ रिलिज हुन लागेको यो फिल्ममा मधेस सेन्टीमेन्ट जोडिएकोले पर्दामा भएपनि धमाल मचाउने निर्माण पक्षको दाबी छ । मधेसका दिग्गज कलाकारहरुको अभियन सहित स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतको भूमिका समेत दर्साएकोले फिल्म कन्ट्रोभर्सी भएको दाबी गरिएको छ ।
सिके राउतकै भूमिका भएको कारण फिल्मका दर्शकहरुको चाप बढने दाबी निर्माण पक्षको रहेको छ ।फिल्ममा रुकेश साहले डा. सिके राउतको भूमिका निर्वाह गरेका छन् ।
फिल्म यही चैत्त ९ गते शुक्रवार देखि जनकपुरको निलम चलचित्र मन्दिर, महेन्द्रनगरको लवकुश सिनेमा हल, काठमान्डौँको गोपीकृष्ण सहित सर्लाहीको बरहथवा, गौर, मोरँग , वीरगँज, लहान, राजविराज, गोलबजार, मिर्चैया, मलँगवा, महोत्तरीको गौशालाको सिनेमा घरहरुमा एकसाथ प्रदर्शन हुने फिल्मका कालाकार राजु सर्राफले न्यूज ब्यूरोसँग भने ।
फिल्ममा विभिन्न समयमा भएको मधेस आन्दोलनका घटना प्रतिघटनाहरुलाई दर्साइएको छ ।
गत बर्षको बैशाखमा प्रदर्शन गरिएको फिल्म मधेसी पुत्रको स्वीक्कल मधेसी पुत्र २ बनाइएको हो ।
मधेसी पुत्रको पहिलो भाग दर्शकहरुले खुवै मन पराएका थिए ।

No comments:
Post a Comment